अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा: इयुको असन्तुष्टि
corporatenepal.com · Wed Jul 22 10:49:15 GMT 2026

( अस्ट्रिया ) । राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गर्नुभएको अस्थायी १० प्रतिशत विश्वव्यापी आयात शुल्कको अवधि यसै साता समाप्त हुन लागेका बेला संयुक्त राज्य अमेरिकाले दर्जनौँ व्यापार साझेदार मुलुकलाई असर गर्ने नयाँ शुल्क घोषणा गर्ने तयारी गरेको छ ।
अमेरिकी प्रशासनले जबर्जस्ती श्रमविरुद्ध प्रभावकारी कदम नचालेको आरोप लगाउँदै करिब ६० व्यापारिक साझेदारमाथि नयाँ कर लगाउने योजना अघि बढाएको हो । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले नयाँ शुल्कसम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने सङ्केत दिएका छन् । यसको समयसीमा भने खुलाएनन् । उनका अनुसार जबर्जस्ती श्रमसँग सम्बन्धित विषयमा अमेरिकी व्यापार नीतिअनुसार थप कदम चालिनेछ ।
Read full story at source (corporatenepal.com)