कांग्रेसको आत्मा र बलिदान गरेका नेता गगन थापासँग छैनन : विजय गच्छदार
onlinekhabar.com · Wed Jul 22 11:07:10 GMT 2026

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपभासपति विजयकुमार गच्छदारले सभापति गगन थापासँग कांग्रेसको आत्मा नभएको टिप्पणी गरेका छन् । बुधबार ४४ औं बीपी स्मृति दिवसका अवसरमा प्रज्ञा भवन काठमाडौंमा इतर पक्षले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले यस्तो बताएका हुन् ।
‘कांग्रेस यहाँ छ, कांग्रेसको भावना यहाँ छ, कांग्रेसको आत्मा यहाँ छ,’ गच्छदारले भने, ‘कांग्रेसमा त्याग, बलिदान गरेका नेताहरू तपाईँभन्दा बाहिर छन् गगनकुमार थापा जी ।’
Read full story at source (onlinekhabar.com)