सरकारले ४० अर्ब खन्याएको पोखरा र भैरहवामा ३ वर्षसम्म अन्तर्राष्ट्रिय उठान ठप्प
clickmandu.com · Wed Jul 22 11:31:28 GMT 2026

काठमाडौं । सरकारले विदेशी ऋणमा निर्माण गरेको र आन्तरिक स्रोतसमेत प्रयोग गरेर करिब ४० अर्ब रुपैयाँ खन्याएको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचलेपछि फेरि छुट योजना ल्याएको छ ।
यी दुई विमानस्थलको भाैतिक पूर्वाधारमा मात्रै सरकारले पाेखराका लागि चीनबाट २२ अर्ब र भैरहवाका लागि एसियाली विकास बैंकबाट ८ अर्ब रुपैयाँ ऋणमात्रै लिएको छ । जग्गा अधिग्रहणसहितको लागतका कारण यसमा सरकारले गरेको खर्च ४० अर्ब रुपैयाँ भन्दा बढी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
Read full story at source (clickmandu.com)