‘प्रतिवैरम’ को प्रतीक्षामा सम्राट
gorkhapatraonline.com · Tue Dec 23 01:27:39 GMT 2025

सर्लाहीमा जन्मनुभएका सम्राट दास चलचित्र क्षेत्रमा उदाउँदो कलाकारका रूपमा स्थापित बन्ने सपना बोकेर यस क्षेत्रमा लाग्नुभएको छ । यात्रा सङ्घर्ष, त्याग र सपनाप्रतिको अटुट विश्वासले भरिएका उहाँका कथाले आजका हजारौँ युवाको प्रतिनिधित्व गर्छ । आफ्नो ‘क्यारियर’ कलाकारितामै बनाउने निर्णय गरे पनि आर्थिक अवस्था र पारिवारिक जिम्मेवारीका कारण सम्राटले आफ्नो सपना केही समयका लागि रोक्नुभयो । उहाँले अभिनयलाई भन्दा पनि पढाइलाई प्राथमिकता दिने निर्णय गर्नुभयो ।
अध्ययनकै क्रममा उहाँले आत्मनिर्भर बन्ने उद्देश्यले धरानमा रेस्टुरेन्ट व्यवसाय सुरु गर्नुभयो तर कोभिड–१९ महामारीका कारण व्यवसायमा ठुलो क्षति भयो । उहाँलाई आफू व्यवसायमा सफल नभएकोमा कुनै पछुतो थिएन । यसले उहाँलाई झन् जीवनको वास्तविकता बुझ्ने र मानसिक रूपमा बलियो बनाउने काम ग¥यो ।
Read full story at source (gorkhapatraonline.com)