गगनमाथि पूर्णबहादुर खड्काको कटाक्ष- कांग्रेसभित्र हुकुमी शासन चल्यो
kendrabindu.com · Wed Jul 22 12:00:22 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान सभापति गगन थापाले पार्टीभित्र विधि र विधान मिचेर हुकुमी शासन चलाएकाे आरोप लगाएका छन्।
जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा सम्बोधन गर्दै खड्काले सभापति थापाले बीपी कोइरालाको मूल सिद्धान्त ‘प्रजातान्त्रिक समाजवाद’लाई तिलाञ्जली दिई ‘सामाजिक लोकतन्त्र’को कुरा गर्नुलाई राजनीतिक पश्चगमनको संज्ञा दिए। “हामी बीपीको विचार र प्रजातान्त्रिक समाजवादलाई छाड्न सक्दैनौँ,” उनले भने, “कांग्रेसभित्र हुकुमी शासन चल्यो, पार्टीलाई आफ्नो अनुकूलतामा चलाउन विधान र स्थापित पद्धतिलाई पूर्ण रूपमा लत्याउने काम भएको छ।”
Read full story at source (kendrabindu.com)