जटिल राजनीतिक परिस्थितिमा दलहरूबीच सहकार्य र मोर्चाबन्दी आवश्यक- प्रचण्ड
setopati.com · Wed Jul 22 12:00:20 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताएका छन्।
बुधबार जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनःमोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्।
Read full story at source (setopati.com)