एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड १८ भदौमा, गोल्छा ग्रुपसँग सम्झौता नवीकरण
shilapatra.com · Wed Jul 22 11:57:00 GMT 2026
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ आगामी भदौमा हुने भएको छ । २३ औँ संस्करणको सो अवार्ड १८ भदौमा हुने मञ्चद्वारा बुधबार आयोजित कार्यक्रममा अध्यक्ष निरञ्जन अधिकारीले जानकारी दिए ।
अवार्डका लागि मञ्चले मुख्य प्रायोजक गोल्छा ग्रुपसँग आजै सम्झौता नवीकरण गरेको छ । गोल्छा ग्रुप लगातार १९औँ पटक अवार्डसँग जोडिएको हो । दुवैबीच गत वर्ष पाँच वर्षका लागि सम्झौता भएको थियो ।
Read full story at source (shilapatra.com)