आयुर्वेद सुधार र स्वास्थ्य पर्यटन प्रवर्द्धनमा सरकारको जोड
aarthiknews.com

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार र नीतिगत व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ। छलफलमा आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा नेपाललाई आयुर्वेदिक स्वास्थ्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ।
छलफलमा मन्त्री मेहताले नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकासलाई सरकारले प्राथमिकतामा राखेको बताइन्। आयुर्वेदलाई स्वास्थ्य पर्यटनसँग जोडेर आर्थिक तथा स्वास्थ्य क्षेत्र दुवैमा योगदान पुर्याउने गरी अघि बढाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
Read full story at source (aarthiknews.com)