झापामा धान खेतीमा प्रविधिको क्रान्ति, दुई हप्ताको काम एक दिनमै
nepalpress.com · Wed Jul 22 12:21:59 GMT 2026

भद्रपुर । झापाको गौरीगञ्ज गाउँपालिका–३ का ५२ वर्षीय किसान सीताराम खड्कालाई केही वर्षअघिसम्मका ती दिन अझै झल्झली याद आउँछ । असार–साउनको हिलोमा दर्जनौँ खेताला खोज्न घरघर धाउनुपर्ने, महँगो ज्याला तिर्नुपर्ने र आकासेपानीको भरपर्दा समयमै रोपाइँ नसकिने पीर । तर, यो दृश्य अहिले फेरिएको छ ।
“पहिले पाँच बिघा खेत रोप्न कम्तीमा ५० जना मजदुर चाहिन्थ्यो । दुई हप्ताभन्दा बढी समय त रोपाइँमै बित्थ्यो । समयमा मजदुर नपाइने, पाए पनि ज्याला महँगो हुने र खाना–खाजा खुवाउँदा–खुवाउँदै पैसा नै सिद्धिने पीर हुन्थ्यो”, अन्नपूर्ण कृषक समूहका अध्यक्ष समेत रहेका खड्का आफ्ना पुराना दिन सम्झिँदै भन्नुहुन्छ, “बाली काट्ने र दाइँ गर्ने बेलामा पनि उस्तै सास्ती ! तर, अहिले त्यो कथा इतिहास बनेको छ ।”
Read full story at source (nepalpress.com)