डिजिटल लुम्बिनी अवधारणाः लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
ajakoartha.com · Sun Jun 28 08:21:00 GMT 2026

काठमाडौं- लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनीः बहुसरोकारवाला परामर्श’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । क्यान महासंघ लुम्बिनी प्रदेश र रुपन्देही शाखाको आयोजना तथा सीएसआईटी एशोसिएशन अफ नेपाल (CSIT Association of Nepal) रुपन्देही च्याप्टरको सहकार्यमा उक्त कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा सूचना प्रविधि क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, प्राज्ञिक क्षेत्र, उद्योगी र युवा सरोकारवालाहरूले प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीतिगत म्यान्डेटलाई कार्यान्वयन गर्न ऐक्यबद्धता जनाएका छन् ।
Read full story at source (ajakoartha.com)