बाढीपीडितको सहयोगका लागि गण्डकीका सांसद थापाले दिए ५ लाख
ratopati.com · Thu Aug 27 11:46:59 GMT 2026

पोखरा। गण्डकी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री विन्दुकुमार थापाले भोटेकोशीमा आएको बाढीबाट प्रभावितका लागि ५ लाख सहयोग गरेका छन् । उनीहरुको राहत र उद्धारका लागि आर्थिक सहयोग गरेका हुन् ।
बुधबार आएको बाढीले देशमा जनधनको ठूलो क्षति पुर्याएपछि सांसद थापाले आफ्नो पारिश्रमिक तथा सेवा–सुविधाबापतको रकमबाट उक्त सहयोग गरेको बताए । उनले विगतदेखि नै राज्यबाट प्राप्त हुने सेवा–सुविधालाई सामाजिक सेवा र नागरिकको हितमा खर्च गर्दै आएका थिए ।
Read full story at source (ratopati.com)