भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै
gorkhapatraonline.com · Thu Aug 27 11:46:48 GMT 2026

रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका मध्ये ३६ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याएका ३७ घाइत मध्ये एक जनाको मृत्यु भएको र बाँकी ३६ जनाको उपचार भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । घाइते भएका मध्ये छ जनाकोे ‘आइसियु’मा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताउनुभयो । घाइते हुनेमा तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रुपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद थारु, सुरुची रानामगर, रिता डोचो र निम दोर्जे शेर्पा रहेका छन् ।
Read full story at source (gorkhapatraonline.com)