सानिमा बैंकको लाभांश घोषणा
clickmandu.com · Thu Aug 27 11:50:11 GMT 2026

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश घोषणा गरेको बैंकको खुद नाफा पनि गत वर्ष उल्लेख्य बढेको छ ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा करसमेत समावेश छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लाभांश वितरण हुनेछ ।
Read full story at source (clickmandu.com)