अख्तियारका आयुक्त तथा कर्मचारीले १५ दिनसम्मको तलब सहयोग गर्ने
aarthiknews.com

काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले १५ दिनसम्मको तलब बराबरको रकम सहयोग गर्ने भएका छन् । आयोगले एक सूचना जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जनाएको छ ।
आयोगका अनुसार पदाधिकारीले पन्ध्र दिनको, राप विशिष्ट र राप प्रथम श्रेणीका कर्मचारीहरूले दश दिनको राप द्वितीय र राप तृतीय श्रेणीका कर्मचारीहरूले सात दिनको राप अनं प्रथम, द्वितीय र अन्य श्रेणीका कर्मचारीहरूले पाँच दिनको र श्रेणी विहीन कर्मचारीहरूले दुई दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो।
Read full story at source (aarthiknews.com)