चार महिनामा ८.०८ प्रतिशत बढ्यो महँगी
nepallive.com · Thu Dec 15 10:14:00 GMT 2022
काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ८.०८ प्रतिशतले महँगी बढेको छ। गत आर्थिक वर्षको ४ महिनामा ६.०४ प्रतिशतले महँगी बढेको थियो।
चालु आर्थिक वर्ष खाद्य तथा पेय पदार्थको मूल्य ७.३८ प्रतिशतले बढ्दा गैरखाद्य र सेवाको मूल्य ८.६३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको ४ महिनामा होटल समूहतर्फ सबैभन्दा बढी १५.९७ प्रतिशतले महँगी बढेको छ।
यसैगरी सूर्तीजन्य पदार्थको मूल्य ११.८१ प्रतिशत, दुग्ध तथा अण्डाको मूल्य ९.३३ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य ८.८४ प्रतिशतले बढेको छ। गैरखाद्यतर्फ सबैभन्दा धेरै यातायतको मूल्य १७.७१ प्रतिशत, स्वास्थ्य सेवाको मूल्य ११.२२ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा महँगी ७.५६ प्रतिशतले बढ्दा तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशतले बढेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९
१५:५९
Read full story at source (nepallive.com)