एउटै मञ्चमा देखिए ओली, प्रचण्ड, नेपाल र खनाल
annapurnapost.com · Sun Jun 28 09:09:50 GMT 2026

काठमाडौं : नेपालका चार पूर्व प्रधानमन्त्री एकै पटक एउटै मञ्चमा देखिएका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र नेकपाकै वरिष्ठ नेता झलनाथ खनाल एकै पटक एउटै मञ्चमा देखिएका हुन्।
गएको भदौंमा देशव्यापी रूपमा भएको ‘जेनजी आन्दोलन’ पछि आज चार पूर्व प्रधानमन्त्री राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एकै पटक देखिएका हुन् । केहि दिनअघि मात्र नेकपाका संयोजक प्रचण्डले नेकपा एमालेसँग सदन र सडकमा कार्यगत एकताको तयारी रहेको बताएका थिए ।
Read full story at source (annapurnapost.com)