आयोगले विपद्पश्चातको ‘मानव अधिकार अवस्था’ अनुगमन गर्ने
ratopati.com · Thu Aug 27 11:53:33 GMT 2026

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले विपद्पश्चात मानव अधिकारको अवस्थाबारे अनुगमन गर्ने भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको बाढीबाट नुवाकोट, धादिङ, गोरखा, तनहुँ लगायत जिल्लाका १५ वटा पालिकाहरूमा जनधनको ठुलो क्षति भएको थियो ।
आयोगले विपद्पश्चातको मानव अधिकार अवस्थाको अनुगमन गर्न केन्द्रीय कार्यालय र बागमती प्रदेश कार्यालयबाट छुट्टाछुट्टै दुई वटा टोली प्रभावित जिल्लाहरूमा खटाएको जनाएको छ । साथै विपद्को अवस्थामा सहयोग, समन्वय र मानवीय सेवा प्रदान गर्न आयोगले सवैमा आग्रह गरेको छ ।
Read full story at source (ratopati.com)