बाढीले बगाएर ल्याएको शवबाट गहना चोर्ने दुई युवक पक्राउ
techpana.com · Thu Aug 27 11:47:42 GMT 2026

काठमाडौं । नारायणी नदीमा बाढीले बगाएर ल्याएको शवबाट गहना लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरूलाई बिहीबार नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी विनय त्रिवेणी नगरपालिका वडा नम्बर १ घर भई हाल भरतपुर लीला चोक मामाघर बसोबास गर्ने २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला नगरपालिका वडा नम्बर ५ घर भइ हाल भरतपुर महानगरपालिका पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने वर्षीय ३८ उमेश चौधरी रहेका छन् ।
Read full story at source (techpana.com)