लुम्बिनी प्रदेश सभामा बजेटमाथि सांसदहरुको चरम असन्तुष्टि
news24nepal.tv · Sun Jun 28 09:24:23 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ल्याएको बजेटलाई लिएर प्रदेश सभामा तीव्र असन्तुष्टि चुलिएको छ। गत असार १ गते सार्वजनिक गरिएको बजेटमा पहुँचवाला, मन्त्री र विपक्षी दलका शीर्ष नेताहरूको क्षेत्रमा मात्रै बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका सांसदहरू आन्दोलित भएका हुन्।
नियतवश बजेट कटौती गरिएको भन्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा थापा र नेकपाका सांसद नरमाया ढकालले प्रदेश सभा बैठकमा सरकारको कडा प्रतिवाद गरेका छन्। सांसदहरूले जनताका आवश्यकतालाई उपेक्षा गरेर पहुँचका आधारमा मात्रै बजेट बाँडफाँड गरिएको भन्दै संसदभित्रै सरकारलाई प्रश्नको कठघरामा उभ्याएका छन्। उनीहरूसहित सत्तारूढ दलकै सांसद समेत विरोधमा उत्रँदा प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको छ ।
Read full story at source (news24nepal.tv)