एकताको अपिल गर्दै झलनाथले भने– हामीमा बीचमा सिङजुरो पलायो !
baahrakhari.com · Sun Jun 28 09:34:00 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी एकता आजको आवश्यकता भएको बताएका छन् । जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आइतबार (असार १४) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनले कम्युनिस्ट आवश्यकता विगतदेखि नै भए पनि बीचमा ‘सिङजुरो’ पलाएर रोकिएको टिप्पणी गरे ।
“निकै लामो समयदेखि आज दुई वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ । कतिपय मान्छेलाई आश्चर्य लागेको हुनसक्छ । वामपन्थी एकता आज मात्रै होइन,” उनले भने, “अनेकन्कालदेखि आवश्यक थियो । तर, बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो । कहिले अरूअरू केके पलायो, त्यसले एकताबद्ध हुन सकेन ।”
Read full story at source (baahrakhari.com)