अमेरिका र साउदी अरेबियाबीच आणविक सम्झौतामा हस्ताक्षर
nepalviews.com · Thu Jul 23 01:25:32 GMT 2026

एजेन्सी । अमेरिका र साउदी अरेबियाबीच एक ऐतिहासिक शान्तिपूर्ण आणविक सहयोग सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले खाडी राष्ट्रको नागरिक ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको पहुँचलाई फराकिलो बनाएको छ। सम्झौता को आधिकारिक पाठ भने सार्वजनिक गरिएको छैन् ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार उक्त सम्झौताले भविष्यमा साउदी अरेबियालाई आफ्नै भूमिमा युरेनियम संवर्द्धन गर्न अनुमति दिन सक्नेछ। संवर्द्धित युरेनियम पावर प्लान्टहरूका लागि इन्धनको रूपमा प्रयोग गर्न सकिन्छ, तर यसलाई आणविक हतियार निर्माणमा पनि प्रयोग गर्न सकिने हुनाले यसले क्षेत्रीय अप्रसारसम्बन्धी चिन्ताहरू बढाएको छ।
Read full story at source (nepalviews.com)