दशक बित्दा पनि बनेन कोदारी राजमार्ग
kendrabindu.com · Thu Jul 23 01:58:06 GMT 2026

काठमाडौं । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार तातोपानी नाकासम्मको बाह्रबिसे–तातोपानी (२६ किलोमिटर) सडक २०७२ को भूकम्पयता पूर्ण रूपमा स्तरोन्नति हुन सकेको छैन । रणनीतिक महत्त्वको यो सडक वर्षायाममा हरेक वर्ष अवरुद्ध हुने क्रम दोहोरिँदै आएको छ ।
चिनियाँ अनुदान र चिनियाँ निर्माण कम्पनीलाई जिम्मा दिइए पनि सडकको अवस्था नफेरिएको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले बताए । ‘फेरि चिनियाँ अनुदान, चिनियाँ कम्पनी र चिनियाँ ठेकेदार, तर सडकको अवस्था उही छ,’ उनले भने ।
Read full story at source (kendrabindu.com)