मालपोत कार्यालयले दिने जग्गासम्बन्धी सेवा अब स्थानीय तहबाटै
kendrabindu.com · Thu Jul 23 02:06:41 GMT 2026

काठमाडौं । मालपोत तथा नापी कार्यालयले दिँदै आएको भूमि प्रशासनसम्बन्धी सेवाहरू क्रमशः स्थानीय तहमा हस्तान्तरण हुन थालेको छ। आठ वटा स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी कार्य सुरु भइसकेको छ भने थप १३ वटा पालिकामा तयारी पूरा भएको छ।
संविधानले घरजग्गा धनीपुर्जा वितरणको एकल अधिकार स्थानीय तहलाई दिएको छ। संविधान जारी भएको १० वर्षपछि स्थानीय तहले पाएको जग्गाधनी पुर्जासम्बन्धी काम स्थानीय तहमा गएको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–काठमाडौं), शिवसताक्षी नगरपालिका (झापा), कन्काई नगरपालिका (झापा), चौदण्डीगढी नगरपालिका (उदयपुर), भुम्लु गाउँपालिका (काभ्रेपलाञ्चोक), रोशी गाउँपालिका (काभ्रेपलाञ्चोक), मेलम्ची नगरपालिका (सिन्धुपाल्चोक) र बेलका नगरपालिका (उदयपुर) मा भूमि प्रशासनसम्बन्धी सेवा सुरु भइसकेको छ।
Read full story at source (kendrabindu.com)