७ बुँदे मागसहित डा. गोविन्द केसी धनगढीमा सत्याग्रह बस्दै
nepalnews.com · Thu Jul 23 02:15:09 GMT 2026

धनगढी । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसीले बिहीबारदेखि धनगढीमा पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। उनले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गर्न लागेका हुन्।
स्वास्थ्य क्षेत्रलाई सरकारले नै निजीकरणतर्फ लैजान खोजेको आरोप लगाउँदै केसीले त्यसलाई रोक्न आफू सत्याग्रहमा बस्न लागेको बताएका छन्। उनले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न ७ बुँदे माग अघि सारेका छन्।
Read full story at source (nepalnews.com)