युगबोधको वैचारिक शिखा
annapurnapost.com · Thu Jul 23 02:09:44 GMT 2026

पुष्पलाल श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनलाई वैज्ञानिक विचार, स्पष्ट राजनीतिक दिशा र दूरदर्शी नेतृत्व प्रदान गर्नुभयो।
पुष्पलाल श्रेष्ठ, नेपाली कम्युनिस्ट आन्दोलनका सदाबहार वैचारिक व्यक्तित्व हुनुहुन्छ। उहाँले केवल एउटा राजनीतिक दलको नेतृत्व गर्नु भएन, समग्र नेपाली क्रान्तिको वैचारिक दिशा नै निर्धारण गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, नेपाली समाजका पहिलो वैज्ञानिक माक्र्सवादी विश्लेषक, क्रान्तिका सिद्धान्तकार तथा लोकतान्त्रिक गणतन्त्रका दूरदर्शी चिन्तकका रूपमा उहाँ सम्पूर्ण नेपाली कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको साझा वैचारिक सम्पत्ति हुनुहुन्छ। पुष्पलालको ४८औं स्मृति दिवस र १०२औं जन्मजयन्ती मनाइरहँदा औपचारिक श्रद्धाञ्जलीमात्र पर्याप्त हुँदैन। उहाँका विचार, दस्तावेज र राजनीतिक दृष्टिलाई आजको यथार्थसँग जोडेर पुनः समीक्षा गर्नु नै उहाँप्रतिको सच्चा सम्मान हो। इतिहासको सम्मान भनेको अतीतको स्मरणमात्र होइन, वर्तमानका लागि शिक्षा र भविष्यका लागि सही दिशा खोज्नु पनि हो।
Read full story at source (annapurnapost.com)