साउन १ देखि बर्डफ्लु संक्रमण छैन : पशु सेवा विभाग
nagariknews.nagariknetwork.com · Thu Jul 23 02:19:48 GMT 2026
पंक्षीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेको छ। संघिय राजधानी काठमाडौंलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पंक्षीपालन गर्ने किसान समस्यामा परेका थिए।
पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन। पछिल्लो पटक काठमाडौंको गोकणेश्वर-१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परिक्षणको काम भइरहेको छ। उनले भने, ‘अहिले नियन्त्रित अवस्थामा छ। बर्डफ्लु देखिएका क्षेत्रको वरिपरिका नमुना ल्याएर परिक्षण गर्दैछौँ।’
Read full story at source (nagariknews.nagariknetwork.com)