विद्यालयको होस्टेलमा हरर फिल्म हेरेकी बालिकामा गम्भीर स्वास्थ्य समस्या, छानबिन गर्दै प्रहरी
nepalpress.com · Sun Jun 28 09:48:04 GMT 2026

काठमाडौं । बुढानीलकण्ठ स्कुलमा अध्ययनरत एक बालिकामाथि मानसिक दुर्व्यवहारको आरोपलाई लिएर प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनाको प्रमाण बुझ्ने र सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उक्त स्कुलसँग सम्बन्धित घटनाका विषयमा प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दर्ता भएको थियो । उक्त जाहेरीका आधारमा उल्लेखित घटनासँग संलग्न व्यक्तिको बयान र प्रमाणहरू संकलनका काम भइरहेको उनले बताए । तर, हालसम्म कोही पनि पक्राउ नपरेको उनको भनाइ छ ।
Read full story at source (nepalpress.com)