नागरिकका प्रमाणपत्र घरघरै पुग्दै
gorkhapatraonline.com · Sun Jun 07 00:06:08 GMT 2026

आमनागरिकको सन्देश चिठीपत्रमार्फत बोकेर घर घर पु-याउने हुलाक सेवाले पछिल्लो समय राहदानी, सवारीचालक अनुमतिपत्रसहित शैक्षिक प्रमाणपत्र बोक्न थालेको छ । सूचना तथा सञ्चार मन्त्रालयको उच्च प्राथमिकतामा हुलाक सेवा परेपछि विभागले नागरिक सेवालाई प्राथमिकतामा राख्दै घरदैलोमा सेवा पु-याउँदै आएको हो ।
हुलाक सेवा विभागका निर्देशक एवं सूचना अधिकारी प्रवक्ता जमुना मिश्रले पहिलो चरणमा ६२ जिल्लाका नागरिकको घरदैलोमा राहदानी पु-याएको जानकारी दिनुभयो । “यसअघि ३३ जिल्लामा राहदानी पु-याएका थियौँ । पछिल्लो समय ६१ जिल्लामा पुगेको छ । अब ७७ जिल्लाका नागरिकलाई घरमै राहदानी पु-याउने तयारी छ,” उहाँले भन्नुभयो, “नागरिकले ५५ रुपियाँ तिरेमा हुलाक सेवाले राहदानी घरदैलोमै पु-याउँछ । यातायात, खाना, नास्ता खाँदा धेरै खर्च हुन्छ । ५५ रुपियाँ तिरेर हातमै राहदानी पाउनु धेरै राम्रो हो ।” पछिल्लो तथ्याङ्क अनुसार जिल्ला प्रशासन कार्यालयमा पुगेका ५३ हजार ३३५ राहदानीमध्ये दुई हजार ७७५ नागरिकको घरदैलोमै पु-याएको उहाँले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)