३ महिनामा सबैभन्दा कम कमाउने फिल्म बन्यो ‘जाँड’, जम्मा ग्रस १ लाख १६ हजार ६४५ रुपैयाँ
himalpress.com · Thu Jul 23 03:27:51 GMT 2026

काठमाडौँ- यस वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा कम कमाउने फिल्म ‘जाँड’ बनेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको विवरणमा फिल्मको १० दिनको कमाइ १ लाख १६ हजार ६४५ रुपैयाँ ग्रस रहेको छ । यो यस वर्ष प्रदर्शन भएका फिल्ममध्ये सबैभन्दा कम कमाइ हो ।
अभिनेता रमेश उप्रेतीको समेत अभिनय रहेको यो फिल्मका जम्मा ५६९ वटा टिकट बिक्री भएका छन् । दर्शक अभावका कारण प्रदर्शनको पहिलो दिन नै धेरै हलबाट फिल्म उत्रिएको थियो । दोस्रो साताबाट देशभरका कुनै हलमा फिल्म लागेको छैन । यसरी हेर्दा फिल्मको लगानी पूर्ण रूपमा डुबेको छ । फिल्मले गरेको कमाइबाट निर्माताको हातमा २० हजार पनि नपर्ने देखिन्छ ।
Read full story at source (himalpress.com)