निजी क्षेत्रका साझा एजेन्डा अघि बढाउन महासंघको वस्तुगत परिषद् गठन
corporatenepal.com · Thu Jul 23 03:36:59 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले विभिन्न वस्तुगत संघ–संस्थाको प्रतिनिधित्व रहने गरी वस्तुगत परिषद् गठन गरेको छ। परिषद् गठनसँगै बुधबार आयोजित कार्यक्रममा नवनियुक्त सदस्य तथा सल्लाहकारहरूलाई मनोनयन पत्र हस्तान्तरण गरिएको छ । महासंघ सचिवालयमा आयोजित कार्यक्रममा कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यले परिषद्का सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले निजी क्षेत्रका साझा मुद्दालाई अझ प्रभावकारी रूपमा उठाउन परिषद्ले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
उनका अनुसार उद्योग–व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानी प्रवर्द्धन, उत्पादन तथा निर्यात विस्तार र निजी क्षेत्रले भोगिरहेका समस्याको समाधानका लागि परिषद्ले सक्रिय तथा परिणाममुखी ढंगले काम गर्न आवश्यक छ। सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्दै मुलुकको आर्थिक विकासमा परिषद्को योगदान महत्वपूर्ण रहने उनले बताए ।
Read full story at source (corporatenepal.com)