बीपी राजमार्गको वैकल्पिक मार्ग पनि अवरुद्ध, तामाकोशी बाढीले बगायो पुष्पलाल राजमार्ग
kalakarmi.com · Thu Jul 23 04:09:08 GMT 2026

दोलखा- तामाकोशी नदीमा आएको बाढीले दोलखाको किर्नेटार क्षेत्रमा पुष्पलाल (मध्यपहाडी) राजमार्गको सडक कटान गरेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। बुधवार मध्यराति आएको बाढीका कारण सडकको केही भाग बग्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
पुष्पलाल राजमार्ग बीपी राजमार्गको प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको छ। उक्त सडक अवरुद्ध भएपछि दोलखाबाट तराई तथा कोशी प्रदेशका विभिन्न जिल्लातर्फ जाने सवारीसाधन रोकिएका छन् भने सिन्धुली र रामेछाप हुँदै दोलखा आउने यातायात सेवा पनि प्रभावित बनेको छ । यसले यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिनाइ भएको छ भने मालवाहक सवारीसमेत बीच बाटोमै रोकिएका छन् ।
Read full story at source (kalakarmi.com)