हदबन्दीभन्दा बढी जग्गाको प्रयोगबारे देशव्यापी अनुगमन गर्न भूमि प्रशासन कार्यालयलाई विभागको निर्देशन
aarthiknews.com

काठमाडौं ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले नेपाल सरकारबाट हदबन्दीभन्दा बढी जग्गा राख्न वा खरिद गर्न स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान, आयोजना, शिक्षण संस्था तथा अन्य संघ–संस्थाको जग्गा प्रयोगको अवस्थाबारे देशव्यापी अनुगमन गर्न सम्बन्धित भूमि प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
विभागले मंगलबार ४० जिल्लाका भूमि प्रशासन कार्यालयलाई पत्राचार गर्दै स्थलगत अनुगमन तथा निरीक्षण गरी विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। यसअघि पटक–पटक प्रतिवेदन माग गरिए पनि अधिकांश कार्यालयबाट आवश्यक विवरण प्राप्त नभएकाले विभागले यसपटक अनुगमन समितिलाई अनिवार्य रूपमा स्थलमै पुगेर वस्तुस्थितिको अध्ययन गर्न निर्देशन दिएको जनाएको छ।
Read full story at source (aarthiknews.com)