नसुन्ने राज्य नभेटिने सरकार
nagariknews.nagariknetwork.com · Thu Jul 23 04:31:55 GMT 2026

भनिन्छ -परिवर्तन नै संसारको नियम हो। नेपालमा पनि ठुला–ठुला परिवर्तन भए। विभिन्न शासनकाल भोग्यौं। जहानियाँ राणा शासन, महेन्द्रको निर्दलीय पञ्चायती व्यवस्था र ज्ञानेन्द्रको निरंकुश राजतन्त्रसमेत झेल्यौं। संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रबाट संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको राजनीतिक अवस्थासम्म आइपुग्यौं।
तथापि, यसमा नातावाद, कृपावाद, बिचौलिया, भ्रष्टाचार र चरम बेथिति देख्यौं। ‘लुट्न सके लुट कान्छा...’ गीतलाई भाइरल बनायौं। केही राजनीतिक नेताका कब्जामा देश फसेको पनि महसुस गर्यौं। शान्ति प्रक्रियाको एक प्रमुख अंग ‘संक्रमणकालीन न्याय’लाई अधुरो राखेर मुलुकलाई दण्डहीनताको दलदलमा फसाएको देख्यौं। सामाजिक सञ्जालमाथिको प्रतिबन्धले सूचना तथा अभिव्यक्ति स्वतन्त्रताको हक छिनिएको पायौं।
Read full story at source (nagariknews.nagariknetwork.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग