अमेरिकाद्वारा इरानमाथि सैन्य कारबाही तीव्र, पहिलो पटक बी–१ बमवर्षक विमान प्रयोग
ratopati.com · Thu Jul 23 05:08:01 GMT 2026

वासिङटन डीसी । अमेरिकाले इरानमाथि जारी सैन्य कारबाहीलाई थप तीव्र बनाउँदै पहिलो पटक बी–१ लामो दूरीको रणनीतिक बमवर्षक विमान प्रयोग गरेको समाचार सार्वजनिक भएको छ । इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टले एक्सियोसलाई उद्धृत गर्दै जनाएअनुसार यो कदम १२ दिनअघि पुनः सुरु भएको अमेरिका–इरान द्वन्द्वयताको सबैभन्दा ठुलो सैन्य विस्तारमध्ये एक मानिएको छ ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार बी–१ बमवर्षकले बेलायतस्थित अमेरिकी सैन्य अड्डाबाट आफ्नो अभियान सुरु गरेको थियो । विमानको उडान मार्ग सार्वजनिक विमान ट्र्याकिङ वेबसाइटहरूमा देखिएको भए पनि त्यसले इरानभित्र कुन लक्ष्यमा आक्रमण गर्यो भन्ने विषय आधिकारिक रूपमा खुलाइएको छैन ।
Read full story at source (ratopati.com)