पाँचवर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल
shilapatra.com · Sun Jun 28 09:59:00 GMT 2026

संघीय संसदका पूर्वसचिव डा. सुरेन्द्र अर्यालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट रुपान्तरणकारी नआएकाले त्यसलाई सघाउने गरी आउने मौद्रिक नीतिबाट अपेक्षा गर्न नसकिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित डिकोडिङ मोडर्न बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स नामक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनका अनुसार मौद्रिक नीति पनि त्यही प्याटर्नमा आउँदा धेरै अपेक्षा गर्ने ठाउँ छैन । उनले भने, 'मौद्रिक नीति दीर्घकालका लागि ल्याउनुपर्छ । एक वर्षका लागि हेरेर होइन । अब सरकार पनि ५ वर्ष जान्छ । राष्ट्र बैंकको नेतृत्व पनि ५ वर्ष जान्छ होला । त्यही भएर छोटो समय हेरेर नीति बनाउनु हुँदैन ।'
Read full story at source (shilapatra.com)