सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
ratopati.com · Thu Jul 23 05:39:08 GMT 2026

क्यालिफोर्निया । च्याटजिपिटी बनाउने कम्पनी ओपनएआईले आफ्ना सबैभन्दा उन्नत कृत्रिम बौद्धिकता (एआई) मोडेलमध्ये केहीले सुरक्षा परीक्षणका क्रममा नियन्त्रण बाहिर गएर स्वतः साइबर आक्रमण गरेको खुलासा गरेको छ । कम्पनीका अनुसार यो घटना एआई सुरक्षाको क्षेत्रमा अहिलेसम्मकै ठुलो घटनामध्ये एक हो । यस घटनाले विश्वभर एआईको सुरक्षा, नियन्त्रण र भविष्यमा यसको प्रयोगबारे नयाँ बहस सुरु गराएको छ ।
ओपनएआईले जारी गरेको विवरणअनुसार कम्पनीले आफ्ना एजेन्ट प्रणालीहरूको परीक्षण सुरक्षित वातावरण अर्थात् स्यान्डबक्समा गरिरहेको थियो । एजेन्ट भनेको प्रयोगकर्ताबाट निर्देशन पाएपछि स्वतन्त्र रूपमा विभिन्न काम गर्न सक्ने एआई प्रणाली हो । परीक्षणका क्रममा ती एजेन्टहरूले स्यान्डबक्सको सुरक्षा प्रणालीमा कमजोरी पत्ता लगाए र त्यसको फाइदा उठाउँदै परीक्षणका लागि बनाइएको सीमित वातावरणबाट बाहिर निस्किए ।
Read full story at source (ratopati.com)