बार्सिलोनाका दुई पूर्वसहकर्मी आमनेसामने: डेब्यु खेलमै लेवान्डोस्कीलाई सुआरेजको झट्का
barnanmedia.com · Thu Jul 23 05:29:32 GMT 2026
विश्व फुटबलका चर्चित स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आफ्नो पहिलो डेब्यु खेल खेलेका छन्। पोलिस स्टार लेवान्डोस्की सिकागो फायर टोलीको जर्सी लगाएर पहिलो पटक मैदान उत्रिएका हुन्। तर, उनको यो सुरुआती खेल टोलीका लागि सुखद बन्न सकेन। इन्टर मियामीसँग भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा सिकागो फायर ३–२ गोल अन्तरले पराजित भएको छ।
खेलको सुरुवाती समयदेखि नै दुवै टोलीले एकअर्कामाथि कडा दबाब बनाएका थिए। अनुभवी स्ट्राइकर लेवान्डोस्कीको आगमनले सिकागोको अग्रपङ्क्ति निकै आक्रामक र बलियो देखिएको थियो। उनले खेलमा ६३ मिनेट मैदानमा बिताउँदै टोलीलाई महत्त्वपूर्ण साथ दिएका थिए। यद्यपि, इन्टर मियामीका भेट्रान स्ट्राइकर लुइस सुआरेजको उत्कृष्ट प्रदर्शनसामु सिकागोको रक्षापङ्क्ति कमजोर साबित भयो। सुआरेजले खेलमा सानदार दुई गोल गर्दै मियामीको जित सुनिश्चित गरे।
Read full story at source (barnanmedia.com)