साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन : पशु सेवा विभाग
barnanmedia.com · Thu Jul 23 05:30:11 GMT 2026

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौं लगायतका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए ।
पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौंको गोकणेश्वर–१ सुन्दरीजलमा संक्रमण देखिएको थियो । विभागका महानिर्देशक डा.उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन । सङ्क्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ ।
Read full story at source (barnanmedia.com)