द वेस्टमिन्स्टर : ब्रिटिश स्तरको आईटी शिक्षा, ‘समस्या समाधान’ र उद्योगमुखी भविष्यतर्फको नयाँ यात्रा
ictsamachar.com

काठमाडौं । ललितपुरको कुपण्डोल, थापाथली ब्रिज नजिकै अवस्थित द वेस्टमिन्स्टर कलेज ले छोटो समयमै आफूलाई आईटी शिक्षाको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै गएको छ । कलेजले बीएससी (अनर्स) कम्प्युटर साइन्स र बीएससी (अनर्स) साइबर सेक्युरिटी एन्ड फरेन्सिक्स जस्ता चार वर्षे कार्यक्रम सञ्चालन गर्दै आएको छ, र आफ्ना सबै कार्यक्रमलाई वेस्टमिन्स्टर विश्वविद्यालयको शैक्षिक संरचना, पाठ्यवस्तु र अन्तर्राष्ट्रिय मानकसँग जोडेर अघि बढाइरहेको छ ।
द वेस्टमिन्स्टर सन् २०२२ मा स्थापना भएको हो र नेपालमा ब्रिटिश शिक्षाको विस्तारमा सक्रिय ब्रिटिश एजुकेसन ग्रुपले यसलाई सञ्चालनमा ल्याएको हो । कलेज प्रमुख अरुण लाल जोशीका अनुसार संस्थाले सुरुदेखि नै “सस्तो, गुणस्तरीय र समावेशी शिक्षा”लाई आफ्नो भिजन बनाएको छ र दुई वर्षकै अवधिमा विद्यार्थीहरूको रोजाइमा पर्न सफल भएको छ ।
Read full story at source (ictsamachar.com)