विराटनगरमा २९० ग्राम ब्राउनसुगरसहित भारतीय पक्राउ
nepalnews.com · Sun Jun 28 10:07:53 GMT 2026

काठमाडौँ। प्रहरीले विराटनगरबाट ब्राउनसुगर कारोबारी भारतका नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल राज्य, दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर थाना क्षेत्रका ३२ वर्षीय चञ्चल सिकदार रहेका छन्।
उनलाई विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटबाट आइतबार पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख उपरीक्षक कवित कटवालले बताए। उनको साथबाट २८९ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर बरामद भएको कटवालले बताए।
Read full story at source (nepalnews.com)