आयुक्तमा प्रस्तावित वाग्लेको योजना– चुनावमा भाग नलिने दल खारेज
baahrakhari.com · Thu Jul 23 06:14:50 GMT 2026

काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले निर्वाचनमा भाग नलिने दलको दर्ता खारेज गर्ने योजना अघि सारेका छन् । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा उनले बुझाएको कार्ययोजनामा राजनीतिक दलको दर्ता तथा व्यवस्थापनका सन्दर्भमा यो विषय उल्लेख छ ।
दल दर्ता गर्ने कानुनी व्यवस्थापनमा पुनरवलोकन तथा निश्चित आधार र मापदण्ड निर्धारण गरिनुपर्ने उनले जनाएका छन् । दलका सबै तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिविम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
Read full story at source (baahrakhari.com)