क्यासेमिरोको अनुबन्धनमा ‘नियम उल्लंघन’को आरोप, इन्टर मियामीमाथि छानबिन सुरु
neplays.com · Thu Jul 23 06:48:00 GMT 2026
काठमाडौं : अमेरिकाको मेजर लिग सकर (एमएलएस) ले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोको अनुबन्धनलाई लिएर इन्टर मियामीमाथि ‘ट्याम्परिङ’ (नियम विपरीत खेलाडी तान्ने प्रयास)को आरोपमा छानबिन सुरु गरेको छ । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार क्यासेमिरोलाई बुधबार मात्रै मियामीले क्लबमा भित्र्याएको घोषणा गरेको थियो ।
३४ वर्षीय क्यासेमिरोले मियामीसँग सन् २०२७ को सिजनसम्मका लागि सम्झौता गरेका छन्, जसमा २०२९ जुनसम्म म्याद थप्न सकिने विकल्प पनि राखिएको छ । तर सम्झौता सार्वजनिक भएको केही समयमै एमएलएसले एक विज्ञप्ति जारी गर्दै क्लबमाथि लागेको ‘ट्याम्परिङ’ को आरोपबारे समीक्षा भइरहेको जानकारी दिएको हो ।
Read full story at source (neplays.com)