‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
ratopati.com · Thu Jul 23 06:50:17 GMT 2026

विराटनगर । मोरङको कानेपोखरीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेका गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रीलाई ठक्कर दिएर फरार रहेको बा २ झ २२२६ नम्बरको इसुजु गाडी र त्यसका चालक पक्राउ परेका हुन्।
ठक्करबाट पथरीशनिश्चरे–१० त्रिवेणी चोक बस्ने ६० वर्षका गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएपछि प्रहरीले सवारी ज्यान सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो ।
Read full story at source (ratopati.com)