बसपार्कको ‘डेथ रुम’ रहस्य : १ लाख रुपैयाँको विवादले युवतीको ज्यान गयो, होटलको पलङमुनि ३ दिन लुकाइयो शव
bishowkhabar.com · Thu Jul 23 06:57:01 GMT 2026

काठमाडौं– काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलको कोठाभित्र तीन दिनसम्म पलङमुनि लुकाइएको अवस्थामा युवतीको शव फेला परेपछि सार्वजनिक भएको घटनाले राजधानीको सुरक्षा, होटल निगरानी र बसपार्क क्षेत्रमा हुने अपराधबारे गम्भीर प्रश्न उठाएको छ। प्रारम्भिक अनुसन्धानले घटनाको केन्द्रमा एक लाख रुपैयाँको लुटपाट, प्रतिशोध र त्यसपछि भएको निर्मम हत्या रहेको देखाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले साउन ३ गते बसपार्कस्थित होटल माउन्टेन एल्सिभाको कोठा नम्बर ४०४ बाट मृत अवस्थामा फेला परेकी २५ वर्षीया युवतीको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ गाउँपालिका–१ घर भई नेपालगञ्ज बस्ने ३८ वर्षीय दानबहादुर शाही र दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २७ वर्षीय रमेश बुढा रहेका छन्।
Read full story at source (bishowkhabar.com)