२० वर्षपछि १९७४ एडीको ‘रक यात्रा’ पुनः सुचारु, सेप्टेम्बर २३ देखि अष्ट्रेलिया टुर
kalakarmi.com · Thu Aug 27 11:58:36 GMT 2026

काठमाडौं– नेपाली सांगीतिक १९७४ एडी (1974 AD) ले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः प्रारम्भ गर्ने भएको छ । ब्याण्डले यसपटक ‘रक यात्रा’लाई अन्तर्राष्ट्रिय टुरका रूपमा अघि बढाउँदै अष्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिने भएको हो ।
टुरको औपचारिक घोषणा बिहीवार ललितपुरस्थित मोक्क्ष लाउन्जमा आयोजित पत्रकार भेटघाटमार्फत गरिएको हो । आयोजक रोटेपिङ इन्टरटेनमेन्टका अनुसार टुर आगामी सेप्टेम्बर २३ देखि प्रारम्भ हुनेछ । अष्ट्रेलियाका विभिन्न आठ प्रमुख सहरमा आयोजना हुने टुर सेप्टेम्बर र अक्टोबर महिनासम्म सञ्चालन हुनेछ ।
Read full story at source (kalakarmi.com)