फ्रान्समा अभूतपूर्व गर्मीका कारण ४ दिनमै एक हजारको मृत्यु
corporatenepal.com · Sun Jun 28 10:07:33 GMT 2026
पेरिस । फ्रान्समा केही दिनदेखि जारी अभूतपूर्व गर्मीका कारण अपेक्षाभन्दा करिब एक हजार बढी व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। फ्रान्सको सार्वजनिक स्वास्थ्य निकाय (पब्लिक हेल्थ फ्रान्स) ले आइतबार जारी गरेको विज्ञप्तिअनुसार जुन २४ यता अघिल्ला महिनाहरूको तुलनामा करिब एक हजार अतिरिक्त मृत्यु (प्रारम्भिक तथ्याङ्क) दर्ता भएका छन्।
निकायका अनुसार रातो सतर्कता (रेड अलर्ट) जारी गरिएका क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति भएको छ। मृत्यु हुनेमध्ये ८५ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन् । विशेषगरी राजधानी पेरिससहितको इल–द–फ्रान्स क्षेत्रमा आफ्नै घरमा मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढेको जनाइएको छ।
Read full story at source (corporatenepal.com)