हत्या अभियोगमा पक्राउ
baahrakhari.com · Thu Jul 23 07:19:47 GMT 2026

काठमाडौं । हत्या अभियोगमा तेह्रथुमबाट एकजना पक्राउ परेका छन् । आठराई गाउँपालिका–६ सिमखर्क बस्ने ५१ वर्षीया रूपा लिम्बूको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय कृष्णबहादुर लिम्बू बुधबार राति पक्राउ परेका हुन् ।
कृष्ण बहादुरले खुकुरी प्रहार गरी रूपाको हत्या गरी फरार भएका थिए । इलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनलाई आठराई गाउँपालिका–५ सुम्लिबुङबाट पक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)