एकजुट भई विपत्तिको सामना गरौँः उपराष्ट्रपति यादव
barnanmedia.com · Thu Aug 27 11:53:51 GMT 2026

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले रसुवाको भोटेकोशीमा भदौ १० गते बुधबार आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले बिहीबार विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी अकालमै ज्यान गुमाएका नेपाली नागरिक, विदेशी पर्यटक तथा तीर्थयात्रीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
Read full story at source (barnanmedia.com)