रास्वपाका सभापति रवि लामिछाने बेइजिङ जाँदै, चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ताको तयारी
arthasansar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी साउन अन्त्यतिर चीनको औपचारिक भ्रमणमा जाने तयारीमा छन्। चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी पाँच दिने भ्रमणका लागि बेइजिङ जाने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा लामिछानेले चीनका विदेशमन्त्री वाङ यीसहित चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेतासँग भेटवार्ता गर्ने तयारी भएको जनाइएको छ। यद्यपि भेट हुने अन्य नेताको नाम भने सार्वजनिक गरिएको छैन। यो भ्रमण सरकार–सरकारबीच नभई पार्टी–टु–पार्टी सम्बन्ध अन्तर्गत हुन लागेको हो। यसअघि नै चीनबाट निमन्त्रणा आए पनि विभिन्न कारणले भ्रमण हुन नसकेको र यसपटक नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ।
Read full story at source (arthasansar.com)