पुष्पलालले देखाएको बाटो अझै पनि उत्तिकै सान्दर्भिक
annapurnapost.com · Thu Jul 23 07:46:06 GMT 2026

भक्तपुर : नेपाली कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८ औं स्मृति दिवसका अवसरमा नेपाली कम्युनिस्ट पार्टी भक्तपुरले थिमि बैंक्वेटमा स्मृति सभा सम्पन्न गरेको छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक, संगठनात्मक र संघर्षको स्पष्ट मार्गदर्शन दिएका पुष्पलालको बाटो अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै उपस्थित नेताकार्यकर्ताले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला इन्चार्ज डीपी ढकालले पुष्पलालले देखाएको समाजवादको बाटो नेपाली जनताको सपनासंग जोडिएको जिकिर गर्दै समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता औल्याए । केन्द्रीय सदस्य दिलीप प्रजापतिले पुष्पलालको विचारलाई व्यवहारमा लागू गर्नुपर्ने र जनताको पक्षमा निरन्तर संघर्ष गर्नुपर्नेमा जोड दिए ।
Read full story at source (annapurnapost.com)